Saturday, July 18

भेरी अस्पतालमा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला

नेपालअखबार,बाँके। बाँकेको नरैनापुर गाउँपालिकामा जापानिजइन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ।

Advertisement

नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापानिजइन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका  बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिए।

Advertisement
Advertisement

उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको  अवस्था सामान्य भएको बताए।

Advertisement

‘प्रयोगशाला परीक्षणमा बालिकालाई जापानिजइन्सेफ्लाइटिसको भएको पुष्टि भयो,’ उनले भने।

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले पनि भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर –१ मतहनियाका नौ वर्षीया बालिकामा जापानिजइन्सेफ्लाइटिस भएको पुष्टि भएको बताए।

ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ।

उनले जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको उल्लेख गर्नुभयो ।

चिकित्सकका अनुसार सुँगुर र चरामा जापानिजइन्सेफ्लाइटिसका भाइरस हुन्छन्।

ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमित गराउँछ । सो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापानिजइन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताए।