Monday, July 27

चारवटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं। संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ।

Advertisement

आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। बिहान ११ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठकमा विभिन्न देशका प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ।

Advertisement
Advertisement

शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दैछ। बिहान ११ बजे बस्ने उक्त समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाहीबारे छलफल हुनेछ। त्यस्तै मन्त्रालयका चुनौती र भावी कार्यदिशाबारे पनि छलफल गर्ने कार्यसूची छ।

Advertisement

आज प्रतिनिधि सभाअन्तर्गत् राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्दैछ।

दिउँसो १ बजे बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ।