Sunday, August 2

महिला परराष्ट्र मन्त्रीहरूको सम्मेलनमा सहभागी हुन आरजु देउवा क्यानडा जाँदै

नेपालअखबार,  काठमाडौं । महिला परराष्ट्रमन्त्रीहरूको सम्मलेनमा सहभागी हुन परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाने भएकी छन्।

Advertisement

उनी मंगलबार क्यानडा जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।

Advertisement
Advertisement

क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरू (वीमेन फरेन मिस्टर्स) को बैठक हुँदैछ।

Advertisement

बैठकमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा विश्वभरका २० जना महिला पराष्ट्रमन्त्रीहरूको सहभागिता हुँदैछ।

उनी क्यानडाबाट संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानेछिन्। परराष्ट्रमन्त्री देउवा असोज ४ गते न्यूयोर्क जाने पाठकले बताए।