
नेपालअखबार, धनुषा । धनुषा जिल्ला मुखियापट्टी मुसहरनिया गाउपालिका वडा नं ३ तुलसीयाही जब्दीमा असोज २ गते विश्वकर्मा पुजाको बिसर्जनका दिन हिन्दू सम्राट सेनाको तुलसीयाही जब्दीमा ताण्डव जबर्जस्ती मस्जिदमा घुस्ने प्रयास गरे र मुस्लिम समुदायका व्यक्तिहरूलाई कुटपिट समेत गरेका छन् । स्थानियकाे प्रशासन भने मौन आरोप रहेको छ । धनुषा प्रशासनले दङ्गा नियन्त्रण गर्न नसक्दा मुसहरनियाका मुस्लिम समुदयले सुरक्षित महसुस गर्न सकि रहेका छैनन् स्थानिय जाहिद राइन बताए ।
राइनका अनुसार विश्वकर्मा पूजाको दिन हिन्दू अतिवादी समूहका केही व्यक्तिहरूले आनी महस्जिदका अगाडि करिब तिन घण्टा बाजा बजाउँदै नित्य गर्न थालेका थिए। केहि व्यक्तिले महस्जिद भित्र समेत अविर पर्ने गरी अविर छर्ने कार्य थाले पछि मस्जिदबाट निस्किएका केहि व्यक्तिहरुले यसरी मस्जिद अगाडि नित्य नगर्न अनुरोध गर्दै अविरजात्रा रोक्न आग्रह गरेका थिए। यही घटनालाई आधार मानेर बेलुका पाखा केही सीमा पारीबाट करिब ५० वटा मोटरसाइकलहरु र त्यसमा सवार व्यक्तिहरुले मुस्लिम समुदायमाथि हमला गरेका थिए ।
विश्वको मुस्लिम समुदायले शुक्रबार जुमाको नमाज सामूहिक रुपमा पढ्ने गर्दछन्। जुम्माको नमाज सामूहिक रुपमा पर्ने र अल्लाहसँग प्रार्थना गर्ने प्रचलन हरेकाे छ । समुदायका व्यक्तिहरूले गत शुक्रबार नमाज पढ्न जाने क्रममा हिन्दू सम्राट सेनाको पदाधिकारी आक्रमणबाट थुप्रै मुस्लिम समुदायका व्यक्तिहरु घाइते हुन पुगेका छन् । प्रशासनको उपस्थिति भएता पनि उहाँहरुले सुरक्षाकाे अनुभुति महसुस गर्न नसकेको जाहिद राइनले बताएका छन् ।
वडा अध्यक्ष रामसागर महतोले मुसलमान समुदायका व्यक्तिहरूलाई जाेगाउन खोज्दा समेत घाइते हुनु भएकाे छ । यसै गरि वडा अध्यक्ष रामसागर महतोका छाेरा नन्दकुमार महतो घाइते हुनु भएकाे छ । नसिब लाहेरी र नाजिर कावारीकाे स्वास्ठ्य अवस्ता भने नाजुक रहेकाे छ ।



