
नेपालअखबार,काठमाडौँ । लगातारको वर्षाका कारण बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ । शुक्रबार साँझ ७ः३५ बजेसम्म पानीको तह ५ दशमलव ०८ मिटर बढेर खतराको तह पार गरेको हो ।
नदीको तल्लो तटीय क्षेत्रमा सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै अन्य नदीमा पनि बाढी खतराको तहमा पुगेको विभागले जनाएको छ ।


