Thursday, August 6

बाढीले ललितपुरमा हालसम्म १८ जनाको शव फेला

नेपालअखबार,काठमाडौँ । बाढीले ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिएको जानकारीअनुसार विपत्तिको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाउँ र पाटन अस्पताल लगनखेलमा राखिएका छन्।

Advertisement

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्याङ्कअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल परिचालित छन्।

Advertisement
Advertisement

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिएको जानकारीअनुसार हालसम्म महाङ्काल गाउँपालिका–३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुईजना बेपत्ता भएका छन्।

Advertisement

प्रहरी उपरीक्षक अधिकारीले दिएको जानकारीअनुसार सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाउँ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट ४१६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।