Saturday, October 3

मौसम अनुकुल भएसँगै नियमित उडान सुरु

नेपालअखबार,काठमाडौं  ।मौसम अनुकुल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाइ सेवा सञ्चालन भएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आइतबार राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ आईएफआर प्रणालीमा उडान अनुमति दिइएको छ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार ४००भन्दा बढी उडान रद्द भएका थिए ।

Advertisement
Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १५० देखि १६० उडान हुने गरेका छन्। सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ।

Advertisement

यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो।