नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
यस्तै बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ।
यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै सक्रमणबाट मृत्यु हुनेकाे सख्या २८ पुगेकाे गौतमले जानकारी दिए ।


