Sunday, July 26

बाटोमै बच्चा जन्माएकी सुत्केरीको अस्पताल लैजाने क्रममा मृत्यु

नेपालअखबार, अछाम। अछाममा एक सुत्केरीको मृत्यु भएको छ।

Advertisement

ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रापका कारण मृत्यु भएको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति करिब १२ बजे उनलाई सुत्केरी ब्यथा लागेको थियो।

Advertisement

परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन्।

बाटोमा सुत्केरी भएकी उनलाई उच्च रक्तश्रापको समस्या देखिएको थियो। त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याइएकोमा स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो।

सुत्केरी भएको करिब ७ घण्टासम्म पनि आवश्यक उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। ढिलो गरी अस्पताल पुर्‍याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अधिराज आचार्य बताए।

दुई दिन पहिले पनि बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ वर्षीया मनीषा घटालको समयमा उपचार नपाउँदा मृत्यु भएको थियो।

सोमबार दिउँसो मृत बच्चालाई जन्म दिएकी घटालको अत्यधिक रक्तस्राव कारण मङ्गलवार साँझ मृत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीले जानकारी दिएको छ।

बर्षातका कारण पहिरोले बाटो अवरुद्ध हुँदा सुत्केरीलाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन सकिएको छैन।