Tuesday, May 12

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले साना व्यापारीहरुको गुनासो सुन्दै

नेपालअखबार ,काठमाडौं।  जनमत पार्टीका उपाध्यक्ष, पूर्वमन्त्री एवम् उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले साना तथा खुद्रा व्यापारीहरूको वास्तविक अवस्था साथै उहाँहरूको दैनिकी र व्यापार व्यवसायको अवस्था बुझ्ने कार्यमा तीव्रता दिनु भएको छ ।

अहिले प्राय व्यापारीहरूले आफ्नो व्यापार नभएको सामान्य रुपमा पनि परिवार चलाउन गाह्रो भएको गुनासो सुनाउँदै आएको सभापति खानले बताउनु भयो । तर आफ्नै हातमा सीप र मेहनत गर्ने व्यक्तिका लागि सानो होस् या ठूलो व्यापारमा कहिले घाटा नहुने सभापति खानले बताउनु हुन्छ ।
सभापति खानले  विभिन्न क्षेत्रका गुनासो सुन्ने क्रममा काठमाडौँको मिन भवन अवस्थित भट्टराई परेठा पसलमा पुग्नुभएको थियो । भट्टराई परेठा पसलका सञ्चालक सीता पौडेलसँग उहाँले कुराकानी गर्नुभयो । सञ्चालक पौडेलले करिब आठ वर्षदेखि आफ्नो सानो व्यवसाय सञ्चालन गर्दै आएको बताउनुभएको छ । पौडेलको सानो एउटा कोठा एउटा सटरमा रहेको पसलमा तीन जना कर्मचारी रहेका छन् । पौडेल स्वाम आफै र साथमा उहाँकी छोरीले पनि पसलमा सहयोग गर्ने गरेको बताउनु हुन्छ ।
सञ्चालक पौडेल भन्नुहुन्छ आफैंले मेहनत गर्दा परिवार धान्न सहजै छ । सटर तथा घर भाडामा नै लिएर बसेता पनि छोराछोरी पढाउनु र आफ्ना व्यक्तिगतहरू आवश्यकता पूरा गर्न गाह्रो नभएको बताउनु भयो । कलेज एरिया भएकै कारण सिर्जना अनुसार व्यापार हुने बताउनु भयो । सिजनको बेला दैनिकी २० देखि २५ हजारसम्म व्यापार गर्ने उहाँले बताउनुभयो ।

Advertisement