Thursday, July 16

विश्व हुलाक दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

नेपालअखबार,काठमाडौँ । विश्व  हुलाक दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। विश्व हुलाक दिवसको अवसरमा गौसरा हुलाक कार्यालय कार्यालयले सदाझैँ यो वर्ष पनि विविध कार्यक्रमहरूको आयोजना गरी विश्व हुला दिवस २०८१ भव्यका साथ मनाएका छन्। मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्दै यस कार्यालयमा कार्यरत महिलाहरू र पुरुषहरूका बीचमा फुटबल प्रतियोगिता सम्पन्न भएकाे हाे। उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा रातो र हरियो टिसर्ट लगाएका दुई समूहहरू आपसमा मैत्रीपूर्ण खेलमा सहभागी भएका थिए ।

Advertisement

पुरुषतर्फ रातो टिसर्ट लगाउने प्रतीक तामाङको समूहले चार गोल हानेको थियो। हरियो टिसर्ट लगाउने समूहले एक गोल मात्र हानेको थियो ।  रातो टिसर्ट लगाउने पुरुषतर्फको समूह विजयी भएको छ ।

Advertisement
Advertisement

महिलातर्फको खेलमा हरियो टिसर्ट लगाउने समूहले दुई गोल हानेका छन् भने रातो टिसर्ट लगाउनेले  सुन्य  गोल हानेका थिए ।   महिला तर्फको समूहमा हरियो टिसर्ट लगाउने समूह विजयी भएका छन् । फुटबल प्रतियोगितामा प्रतियोगिताका सहभागीहरूलाई प्रमाणपत्र मेडलका साथ सम्मान गरिनेछ। मैत्रीपूर्ण फुटबल प्रतियोगिता सभ्यताको साथ सम्पन्न भएको कार्यालयका कर्मचारी प्रतिक तामाङले जानकारी दिनुभएको छ।

Advertisement