Sunday, April 26

राउत प्रधानन्यायाधीश नियुक्त

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो ।

Advertisement

राष्ट्रपति कार्यालयले उनको आजै शपथको कार्यक्रम तय भएको जनाएको छ ।