Thursday, July 16

स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २५ राजनीतिक दलले दर्ता गराए

स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २५ राजनीतिक दलले दर्ता गराएका छन्।

Advertisement

संविधान बमोजिम मंसिर १६ गते हुने भनिएको उपनिर्वाचनका लागि दल दर्ता गराएका हुन्।

Advertisement
Advertisement

असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ताको लागि आह्वान गरिएको थियो। त्यसमा २६ राजनीतिक दलले निवेदन दिएको निर्वाचन आयोगको प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए।

Advertisement

‘राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम अनुसार कानुनी प्रक्रिया पुरा भएका २५ राजनीतिक दललाई दर्ता गराइएको हो,’ उनले भने।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गराएको हो। रास्वपाले पहिलो पटक स्थानीय तहमा भाग लिँदैछ।