Wednesday, July 15

दक्षिणकाली दर्शनका लागि पुगे राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् ।

Advertisement

काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ ।

Advertisement
Advertisement

WhatsApp Image 2024-10-07 at 10.14.08_ae94d82c

Advertisement

सो अवसरमा दक्षिणकाली नगरपालिकामा प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरेका थिए । साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुनर्निर्माण गरी सडक निर्बाध सञ्चालनको आवश्यकता औँल्याए ।

WhatsApp Image 2024-10-07 at 10.14.06_789200e5

सो अवसरमा राष्ट्रपति पौडेलले बाढीपहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए  । राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।

WhatsApp Image 2024-10-07 at 10.14.07_8d271a02