Thursday, July 16

बाढीपहिरोले क्षतविक्षत बीपी राजमार्ग १४ दिन पछि एकतर्फी खुल्याे

नेपालअखबार,काठमाडौं । बाढीपहिरोले क्षतविक्षत बीपी राजमार्ग १४ दिन पछि एकतर्फी खुलेको छ।  सडक विभाग र स्थानीय पालिकाले राति समेत काम गरेर १४ दिनदेखि अवरुद्ध बीपी राजमार्ग संचालनमा आएको हो। बीपी राजमार्ग अन्तर्गत रोशी–९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै  बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो।

Advertisement

यही असोज ११ र १२ गते आएको बाढीपहिरोले राजमार्गको चौकीडाडा देखि नेपालथोकसम्म सडक अवरुद्ध थियो।  सडक विभाग र स्थानीय पालिकाहरुको अग्रसरतामा शुक्रबार बिहान ८ बजेबाट राजमार्ग खुलेको हो। रोशी गाउपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुलेको जानकारी दिए।

Advertisement
Advertisement

धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक प्रयोग गरिएको छ। काठमाडौं र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक हजारौ गाडी आउजाउ गर्थे। सडक खुलेपछि  राजमार्ग प्रयोग गरेर यात्रा गर्ने यात्रु तथा दशैंमा टीका लगाउन जान सजिलो हुने र दशैंमा साना गाडी लिएर घर गएकाहरुलाई बीपी राजमार्ग हुँदै काठमाडौं आउजाउ गर्न सजिलो हुनेछ।

Advertisement