Friday, July 17

हुथी लडाकुहरूले अमेरिकी जहाजलाई निशाना बनाए

नेपालअखबार,बेरुत । लेबनानको राजधानी बेरुत नजिकै रहेका यमनका हुथी लडाकुहरूले रकेट र मिसाइलले दुईवटा जहाजलाई निशाना बनाएको बताइएको छ।

Advertisement

हुथी लडाकुहरूले निशाना बनाएका दुई जहाजमध्ये एउटा अमेरिकी तेल ट्याङ्करको रूपमा पहिचान गरिएको छ। यसको नाम ‘ओलम्पिक स्पिरिट’ हो।

Advertisement
Advertisement

हुथी लडाकुहरुले निशाना बनाउँदा अमेरिकी जहाज ‘ओलम्पिक स्पिरिट’ लाल सागरमा तैनाथ रहेको थियो ।

Advertisement

दोस्रो जहाज ‘सेन्ट जोन’ थियो जसलाई हिन्द महासागरमा हुथी लडाकुहरूले निशाना बनाएका थिए। नोभेम्बर २०२३ देखि, हुथी लडाकुहरूले कुल १ सय जहाजहरूलाई निशाना बनाएका छन्। तीमध्ये दुईवटा जहाज पनि डुबेका छन् ।

गाजामा इजरायलको सैन्य अभियानको बदला लिन यो आक्रमण गरिएको होउथी लडाकुहरूले बताएका छन्।