Saturday, July 18

आफ्नो मेडिकल रेकर्ड जारी गरेर ह्यारिसले दिइन् ट्रम्पलाई चुनौती

नेपालअखबार, वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावको क्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन् । अभिलेख अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको स्वास्थ्य अवस्था ‘धेरै राम्रो’ रहेको र उनी राष्ट्रपति पदका लागि पूर्णरुपमा फिट छिन् ।

Advertisement

कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड जारी गरेपछि, डेमोक्र्याटिक पार्टीले डोनाल्ड ट्रम्पको स्वास्थ्य रेकर्ड जारी नगरेकोमा पारदर्शिताको अभावको आरोप लगाएको छ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् ।

Advertisement
Advertisement

ह्यारिसले पनि मेडिकल रेकर्डलाई लिएर ट्रम्पको आलोचना गरिन्। उनले ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति पदका लागि योग्य छन् वा छैनन् भन्ने थाहा नपरोस् भन्ने नचाहेको आरोप लगाइन् ।

Advertisement

यता ट्रम्पको मेडिकल रेकर्ड खुलासा नगरी, उनको टोलीले डाक्टरलाई उद्धृत गर्दै उनी “पूर्ण रूपमा ठीक र उत्कृष्ट स्वास्थ्यमा’ रहेको  जवाफ दियो ।

यसअघि रिपब्लिकन पार्टीले पनि वर्तमान राष्ट्रपति जो बाइडेनको स्वास्थ्यलाई लिएर हमला गर्दै आएको थियो । डेमोक्र्याटिक पार्टी भित्र पनि बिडेनको स्वास्थ्यलाई लिएर विरोधको आवाज सुनिएको थियो।

बाइडेनको वर्तमान उमेर ८१ वर्ष र ट्रम्पको उमेर ७८ वर्ष छ । गत जुनमा ट्रम्प र बाइडेनबिचको पहिलो सार्वजनिक बहसपछि अमेरिकी चुनावमा मानसिक स्वास्थ्यको मुद्दा निकै चर्किएको थियो ।

त्यहाँ जो बाइडेनको संज्ञानात्मक परीक्षण (मस्तिष्कको काम गर्ने क्षमता)  गर्न माग गरिएको थियो। तर अमेरिकी राष्ट्रपतिले यसलाई अस्विकार गर्दै आफूले दैनिक यो परीक्षण गराउनुपर्ने र चिकित्सकले आफूलाई यसको आवश्यकता नरहेको बताएका थिए ।