Wednesday, October 29

बागलुङका २७ सहित गण्डकी प्रदेशमा थपिए ३४ संक्रमित

नेपाल अखबार,  पाेखरा  । गण्डकी प्रदेशमा थप ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या आठ सय ८८ पुगेको छ।
नयाँ थपिएका संक्रमित बागलुङ, तनहुँ र पर्वत जिल्लाका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद बिन्दु शर्माले विज्ञप्ति जारी गरी प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप संक्रमण पुष्टि भएको जनाएका छन्।
बागलुङको बडीगाड गाउँपालिकाका ६ पुरुष, बागलुङ नगरपालिकाका १७ पुरुष, बागलुङकै काठेखोला गाउँपालिकाका दुई महिला र दुई पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई महिला, भानु नगरपालिकाका तीन पुरुष, व्यास नगरपालिकाकी १४ वर्षीया एक किशोरी र पर्वतको कुश्मा नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको हो।
थप जानकारीको लागि हेर्नुस् प्रेस विज्ञप्तिः
106292353 3066161223491954 1229634733121152173 n

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *