Wednesday, July 29

प्रमुख प्रतिपक्षी दल प्रतिपक्षीदलहरुको बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु

नेपालअखबार,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी लगायतका प्रतिपक्षीदलहरुको बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा यो बैठक बसेको हो।

Advertisement

समसामयिक राजनीतिक विषय र बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नकालागि अध्यक्ष दाहालले बैठक बोलाएको जनाइएको छ।

Advertisement
Advertisement

बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत सहभागी छन्।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी भवन निर्माणकालागि १० रोपनी १४ आना जग्गा दान लिएको विषयलाई लिएर राजनीति तर‌ङ्गीत रहेका बेला बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ।

ओली सरकारको ९० दिनको समिक्षा समेत बैठकमा गरिने बताइएको छ।