Saturday, July 25

पक्राउ पुर्जी जारी गरेपछि रविको प्रतिक्रिया : सरकार मर्‍यो

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको चर्को आलोचना गरेका छन् । प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिएपछि लामिछानेले केपी शर्मा ओली नेतृत्व सरकारको आलोचना गर्दै केही प्रश्न गरेका छन् ।
‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ उनले प्रश्न गरेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी , मेरो हातमा चाहि हतकडी ?’

Advertisement

उनले प्रधानमन्त्री ओलीको नाम नलिईकनै प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिएको जिकिर गर्दै सोधेका छन्, ‘मैले ठगीको आरोप खेपिदिनुपर्ने ?’

Advertisement
Advertisement

उनको स्टाटस जस्ताको तस्तै 

Advertisement

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!
तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहिँ हतकडी ??
तपाईं  विचौलियाको सेवा गरेवापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने?
तपाईं  प्रमाणित भ्रष्टाचारीबाट करोडौँको जग्गा खुलम् खुल्ला लिने, मैले  ठगीको आरोप खेपी दिनुपर्ने।
तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो  एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनुपर्ने?
यति गरेपछी भाटभटेनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै  भ्रष्टाचारी जोगाउन  तपाईंले  त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रोसँग थाहा छ। तपाईंको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो।  तपाईहरूका  दलका  नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोहि फरार छन् । तपाईंहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईंहरू बाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौँ।
ठिक छ,म तपाईंहरूको  दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता व्याक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको  कुनियतले तिमीहरुलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्,  छिट्टै गर्नेछन्।
अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर  मलाई  न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले कसैलाई ठगेको छैन।