Monday, August 3

सभामुख घिमिरेले प्रमुख सचेतक, सचेतक र समितिका सभापतिहरूसँग छलफल गर्दै

नेपालअखबार, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक, सचेतक र समितिका सभापतिहरूसँग मंगलबार छलफल गर्दैछन्।

Advertisement

सभामुख घिमिरेले बिहान साढे ११ बजे छलफलका लागि प्रमुख सचेतक, सचेतक र समिति सभापतिहरूलाई बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।

Advertisement
Advertisement

‘संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाउनुभएको हो। अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्‍याउनसमेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आउनुभएको छ,’ सभामुखको सचिवालयको भनाइ छ।

Advertisement

छलफलका लागि सत्तापक्ष नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई बोलाइएको सभामुखको सचिवालयले बताएको छ।

राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, अर्थ समितिका सभापतिहरू पनि बोलाइएको छ। यी समितिहरूमा विभिन्न विधेयक विचाराधीन छन्।