Monday, August 3

उपराष्ट्रपति यादव अस्पताल भर्ना

नेपालअखबार,काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्।

Advertisement

हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन्।

Advertisement
Advertisement

उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार उनको बुधबार शल्यक्रिया गरिने छ।

Advertisement

उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए। उनको शल्यक्रिया प्राध्यापक डा. रमेशसिंह भण्डारी र सहप्राध्यापक डा. सुमिता प्रधानले गर्नेछन्।