Tuesday, May 12

चार स्वयमसेवी संस्थाको अन्तरक्रियात्मक भेटघाट

नेपालअखबार,पोखरा । पोखरामा क्रियाशील चार स्वयम्सेवी संस्थाको अन्तरक्रियात्मक भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
संयुक्त कार्यक्रम आयोजना गर्ने संस्थामा हाइकर्स क्लब नेपाल, स्वतन्त्र पत्रकार संघ कास्की शाखा, सङ्घर्षमा कलम पोखरा र छोरेपाटन भू.पू. विद्यार्थी मञ्च रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले संघसंस्थाले तयार गरेका नीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा सरकारको दिगोपना वर्तमानका पहिलो चुनौती रहेको धारणा राखे ।
भण्डारीले विकास तथा निर्माण सन्दर्भमा थपे, “आगोको धर्म पोल्नु, पानीको धर्म प्यास मेट्नु भए जस्तै सबैले आफ्नो धर्म नछोडेर कर्म गर्ने हो भने समृद्धि र सुशासनको बाटो टाढा छैन ।”
स्वतन्त्र पत्रकार सङ्घ नेपाल राष्ट्रिय समितिका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सञ्चार जगत् दलको दलदलमा फस्दा राज्यमा सुशासन कायम हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
छोरेपाटन मा.वि.का प्रधानाध्यापक डिल्लीराम भुषालले विद्यालयका शिक्षक, कर्मचारी र अभिभावकको क्रियाशीलताले स्कुल सबैको प्रिय भएको यस्तै साथ र सहयोगले कास्कीकै नमूना विद्यालय बनाउन प्रयासरत रहने प्रतिबद्धता जाहेर गरे ।
छोरेपाटन माविका सहायक प्रधानाध्यापक खेमराज बराल धु्रवले विगतमा स्थापना भएको भू.पू. विद्यार्थी मञ्च सुस्ताएको बेला विद्यालयका भू.पू. विद्यार्थी जुर्मुराएर सेवाका गतिविधिमा लागेकोमा खुसी व्यक्त गरे ।
सङ्घर्षमा कलमका संस्थापक असफल गौतमले स्वयम्सेवी संस्थालाई आफ्ना कार्य सम्पादनमा आइपर्ने बाधा–व्यवधान न्यूनीकरणका साथै समय र श्रोतको व्यवस्थापनका लागि संयुक्त कार्यक्रम आजको आवश्यकता भएको धारणा राखे ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षद् सागर कार्की, शाखाका कास्की उपाध्यक्ष डिल्लीराम काफ्ले, कोषाध्यक्ष राधा ढकाल, सदस्य अल्चना श्रेष्ठ, भू.पू. विद्यार्थी मञ्चका सचिव शालिकराम भण्डारी, कोषाध्यक्ष कविता गुरुङ, सहसचिव ज्योति हमाल, सदस्य कृष्णप्रसाद पोखरेल, गणेश जिसी, छवि पनेरु, विजय पौडेल, हाइकर्स क्लबका सचिव मधु अधिकारी, कोषाध्यक्ष टीका शर्मा, सदस्य राम कायस्थ, सुशीला बास्तोला, प्रमिशा शिलवाल, डिलकुमारी राई, लक्ष्मी खनाललगायतले आफ्ना धारणा राखेका थिए ।
चारवटै संस्थाका अध्यक्ष कृष्ण रानाभाटले एक अर्कामा परिचित हुनुका साथै आफ्नो व्यापार र व्यवसाय प्रवद्धर्नमा पनि यस्ता कार्यक्रम सार्थक हुने देखेर संयुक्त कार्यक्रम आयोजना गरिएको बताए ।

Advertisement