Saturday, July 18

तत्काल कसैसँग पार्टी एकता हुँदैन: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग पार्टी एकता नहुने दाबी गर्नुभएको छ।

Advertisement

(एकीकृत समाजवादी) को गण्डकी प्रदेश कमिटीको १०औँ पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उहाँले माओवादीसँग पार्टी एकता नहुने बताउनु भएको हो। यस्तै उहाँले एमालेसँग पनि पार्टी एकताको सम्भावना नरहेको जिकिर गर्नुभयो।

Advertisement
Advertisement

अध्यक्ष नेपालले पार्टीमा देखिएका असन्तुष्टिलाई निराकरण गरिएको भन्दै पार्टी विभाजन हुने या कोही नेता कुनै पार्टीमा प्रवेश गर्ने कुरा पनि हल्ला मात्रै भएको दाबी गर्नुभयो।

Advertisement

‘हामी एमाले वा माओवादीसँग एकता गर्ने कुरा बाहिर आइरहेका सुन्छौँ। म प्रस्ट पार्न चाहन्छु, हामी न एमाले न माओवादी कसैसँग पनि एकता गर्दै छैनौँ र त्यस विषयमा कुराकानी पनि भएको छैन।’

उहाँले भन्नुभयो, ‘भएको कुरा एजेन्डा मिल्नेहरूसँग सहकार्यको कुरा हो। मोर्चा निर्माण गरेर अगाडि बढ्ने कुरा हो।’ केही समय अगाडी समाजवादी र माओवादी पार्टी एकताबारे छलफल भइरहेको दुवै पक्षका नेताहरूको भनाइ थियो। तर, अहिले यो कुरा सेलाएर गएको छ।