
नेपालअखबार,बरा। नेपाल रिटर्नी एशोसिएसन समाजवादी बरा जिल्लाले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान साथै कपडा वितरण गरेको छ।
नेपाल रिटर्नी एशोसिएसन समाजवादी बरा जिल्लाले दीपावली तथा छठ पर्वको अवसरमा बाराको परवानीपुरमा आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान साथै गरीब तथा विपन्न ३०० महिलालाई साडी सँगै पूजा गर्ने नरिवल वितरण गरेको कुरा एशसिएसनका बारा जिल्ला अध्यक्ष अनिल शाहले बताएका छन्।
कार्यक्रममा प्रमुख अतिथि एशोसियसनका अध्यक्ष प्रवीण पौडेलले रिटर्नि एशसिएसन गठन हुनुको उद्देश्य ,महत्व र विदेशमा जाँदा रहँदाको दुख्ख घर समाज हुँदै देशमा नै रहेको बताएका थिए । उनले हाल भइरहेको कृषि उत्पादनको चर्को मूल्यको समाधान कृषि उत्पादन गरेर आयात रोक्नु नै हो । यसको लागि सरकारले अनावश्यक कर्मचारी कटौती गरी कृषि सैनिक भर्ना गरी सुरुवात गर्नु पर्ने बताएका थिए ।
सरकारले कृषिमा लगानी बढाएर कृषिमा संवेदनशील भएर काम गर्ने हो भने, युवाहरु विदेश पलायन रोकिन सकिने बताए । उनले सरकारले सहयोग गरेमा संगठनले हाम्रा युवालाई विदेश जान निरुत्साहित गरी उक्त कार्यक्रममा लाग्न प्रेरित गर्न सकिने , यसो गरिए मात्र घर परिवार समाज साथै देशमा शान्ति आउने कुरामा जोड दिँदै आफ्नै गाँउघरमा कृषि कर्म गरेरपनि मनग्ये आम्दानी गर्नसकिने भएकाले सकभर विदेश नजान आग्रह पनि गरे । एशोसियसनले वैदेशीक रोजगारीमा गएर समस्यामा परेकाहरुलाई स्वदेश फर्काउन पहल गरिरहेको पनि बताउँदै उपस्थित सबैलाई आउँदै गरेको दीपावली छठ र अन्य पर्वले सबैको घर आगनमा सुख,शान्ति र समृद्धि प्रदान गरोस् भनी सुभकामना पनि दिएका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत पार्टी समाजवादीका पोलीटब्युरो सदस्य दिनेश राई बारा जिल्ला अध्यक्ष विजेन्द्र चौधरी , परवानीपुर गापा अध्यक्ष रामेश्वर पटेल ,सफल व्यवसायी समाज सेवी समी अग्रवाल ,समाज सेवी निर्मला देवी, अस्विनी अग्रवाल लगायत करिब ५०० जनाको उपस्थिति रहेको थीयो । उक्त कार्यक्रम एशोसियशनका प्रदेश २ सह-इन्चार्ज राजेश गुप्ताले सञ्चालन गरेका थिए भने कार्यक्रम सफल बनाउन व्यवसायी कलिस्तर शाहको महत्वपूर्ण भूमिका रहेको थीयो । कार्यक्रममा पत्रकार,कलाकार,सुरक्षा कर्मी लगायत करिब ५०० जनाको उपस्थिति रहेको थीयो।
उक्त कार्यक्रममा पोलिट ब्युरो सदस्य दिनेश राईले हिमाल तराई पहाडमा रहेका नेपालीहरुले भाइचाराको सम्बन्ध राख्दै सबैको धर्ममा समान सम्मान गर्नु हामी नेपाली तथा कम्युनिष्टको विशेषता रहेको प्रकाश पारेका थिए।
कार्यक्रममा प्रमुख अतिथिबाट गरीब तथा विपन्न वर्गका महिलालाई कपडा साथै छटमा पूजा गर्न नरिवल वितरण गरेर प्रारम्भ गरेका थिए । यसै गरी कार्यक्रमको अध्यक्षता एशोसियशनका बरा जिल्ला अध्यक्ष अनिल शाहले गर्दै उनले मीटर ब्याजको पीडा र उक्त पीडाबाट जोगिन वित्तीय संस्थाबाट कारोबार गर्नु पर्ने निकट भविष्यमा हामीले ३/४ सय रोजगार सिर्जना गर्ने गरी अगाडि बढिरहेको बताएका थिए । उनले कार्यक्रममा उपस्थित सबैलाई युवा पलायन रोक्नु नै अबको समाधान हो। परवानीपुरमा मात्र ६०%युवा विदेश रहेको यो अवस्था रोक्न सकिएन भने मुलुक संकटमा पर्नबाट रोक्न नसकिने अवस्था रहेको र यसको समाधान कृषि उत्पादन नै हो । भन्दै उपस्थित सबैलाई सुभकामना दिँदै कार्यक्रमको समापन गरेका थिए।

