Sunday, April 19

बर्दियामा नेपाल-भारतको सिमा नाकामा भंसारकार्यालय खुलाउन परराष्ट्रमन्त्री आरजुलाई ज्ञापनपत्र बुझाए : पुर्व-मन्त्री खानं

नेपालअखबार,काठमाडौं । पुर्व-मन्त्री अब्दुल खानंले बर्दिया जिल्लामा नेपाल-भारतको सिमा नाकामा भंसारकार्यालय खुलाउन र बर्दियाको समग्र विकासको विषयमा नेपाल सरकारको परराष्ट्रमन्त्री आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।  परराष्ट्रमन्त्री आरजु राणा देउवास‌ले सक्दो  प्रयास गरिने अशवासन दिएकि थिइन ।  पुर्व-मन्त्री  अब्दुल खानंले  बर्दियामा नेपाल-भारतको सिमा नाकामा भंसारकार्यालय खाेल्नु पर्ने कारण जानकारी गराउनु भएकाे थियाे ।
परराष्ट्रमन्त्री आरजु राणा देउवासग  आज  देउवा निवास बुढानिलकण्ठ,काठमाडौंको निजि निवासमा भएकाे थियाे ।
बर्दियाको विकास र सिमा सम्बन्धमा केही दिन अगाडी नेपाल स्थित भारतीय दुतावासलाई समेत खानंद्वारा ध्याकर्षण पत्र समेत बुझाई सकिएकाे   पुर्व-मन्त्री अब्दुल खानंले  जनाकारी दिएका छन्।