Tuesday, July 28

पाकिस्तान : क्वेटा रेलवे स्टेसनमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

नेपालअखबार, बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको छ । यस विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । साथै, अहिलेसम्म कम्तीमा ४६ जना घाइते भएका छन् ।

Advertisement

अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का पनि व्यक्त गरेका छन् । घटनाको बारेमा जानकारी दिँदै क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले बीबीसीलाई भने, ‘क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको थियो। उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए।’

Advertisement
Advertisement

मुहम्मद बलोचले भने कि घाइतेहरूलाई क्वेटाको सिभिल अस्पताल र ट्रमा सेन्टरमा रिफर गरिएको छ। रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।

Advertisement

बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटको निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन्। उनले भने, ‘यो घटना आतंकवादीहरूले निर्दोष मानिसहरू, बालबालिका, मजदुर र महिलाहरूलाई निशाना बनाउँदै गरेको शृङ्खलाबद्ध आक्रमणको हिस्सा हो। राज्यमा आतंकवादीहरू विरुद्ध कारबाही भइरहेको छ।’