Friday, July 31

बसमा चढ्ने क्रममा लड्दा एक पुरूषको मृत्यु

नेपालअखबार, काठमाडौँ । पश्चिम नवलपरासीमा बस चढ्नेक्रममा खस्दा एक जनाको मृत्यु भएको छ।

Advertisement

शनिबार दिउँसो सवा २ बजे प्रतापपुर गाउँपालिका-९ खैरेनी स्थित त्रिबेणीदेखि बर्दघाट जादै गरेको लु १ ख ३६६३ नं. को बसमा यात्रु चढ्नेक्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए।

Advertisement
Advertisement

सोही ठाउँमा बस्ने ३४ वर्षीय जगदीश थारु बसमा चढ्ने क्रममा लडेर घाइते भएका थिए। उनको उपचारका लागि स्थानीय मेडिकलमा सामान्य उपचार गराएर भैरहवा मेडिकल कलेज रूपन्देहीमा रिफर गरिएको थियो।

Advertisement

उपचारकै क्रममा अपराह्न ४ बजे मृत्यु भएको डिएसपी बोहराले बताए।

बस र बस चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। शव पोष्टमर्टमका लागि पृथ्वी चन्द्र अस्पतालमा लगिएको छ।