Tuesday, August 11

सबै स्थानीय तहमा खबरदारी अभियान चलाउँछौं: प्रचण्ड

नेपालअखबार, काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताएका छन्।

Advertisement

मकवानपुरमा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले देशव्यापी अभियान सञ्चालन गरी जनतासमक्ष पुग्ने बताए।

Advertisement
Advertisement

माओवादी सरकार बाहिर रहँदा अहिले जनतामाझ पुग्न सहज भएको उल्लेख गर्दै उनले केही कमजोरी सुधार गरेर परिवर्तनका पक्षमा सशक्त ढङ्गबाट अघि बढ्ने बताए।

Advertisement

अध्यक्ष दाहालले देशमा व्याप्त भ्रष्टाचार र व्यथिति अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली र शासकीय स्वरूप नै परिवर्तन गर्नुपर्नेमा जोड दिए।

उनले भ्रष्टाचारको मूल कारण भनेको ठूलो धनराशी खर्च गरेर चुनाव जित्नु हो भन्दै त्यसको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आफूहरूले उठाएको बताए।

अध्यक्ष दाहालले शासकीय स्वरूपमा परिवर्तन नआउञ्जेल नेपालमा स्थिरता कायम नहुने बताए। सहकारी ठगीको प्रसंगमा उनले आग्रह नराखी निष्पक्ष रुपमा अनुसन्धान प्रक्रिया अघि बढ्नुपर्ने बताए।

अध्यक्ष दाहालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै माओवादीले अब सबै पालिकाबाट खबरदारी अभियान चलाएर आफ्नो भनाइ राख्ने बताए।