Tuesday, July 28

दार्चुलामा जिप दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

नेपालअखबार,दार्चुला। दार्चुलामा जिप दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको जानकारी दिए।

Advertisement
Advertisement

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल छन्।

Advertisement

त्यस्तै बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिलको मृत्यु भएको छ।

चालक मालिकार्जुन–८ पस्तीका सुनिल जोशीको टाउकोमा गम्भीर चोट छ।  ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाइते भएको डिएसपी दाहालले जानकारी दिए।

उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

मालिकार्जुन गाउँपालिकामा पर्ने मालिकार्जुन धाम मेलाबाट फर्किरहेका उनीहरू सवार  म १ ज ३३८ नम्बरको जिप सडकबाट तीन सय मिटर तल खसेको थियो।