Sunday, July 26

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

नेपालअखबार,फुङ्लिङ (ताप्लेजुङ) । फुङ्लिङ नगरपालिका-११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ ।

Advertisement

वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् ।

Advertisement
Advertisement

मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई १३ हजारबराबरका ११ वटा सोलार प्यानल प्रदान गरिएको हो ।

Advertisement

हर्कटे रेडपाण्डाको बासस्थान भएकाले त्यहाँका रेडपाण्डालाई राति अन्य जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले सोलार प्यानल वितरण गरिएको हो ।लामो समयदेखि गोठमा अन्धकारमा बसेका पशुपालक किसान सोलार प्यानल पाएपछि उत्साहित भएको सन्तबहादुर विष्टले बताए । ‘६५ वर्षसम्म अन्धकारमा बसेर समय बितायौं, आज उज्यालोमा बस्न पाउँदा अत्यन्तै खुसी लागेको छ’, विष्टले भने ।