
नेपालअखबार,तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको घरमा बम आक्रमण भएको छ । उत्तरी इजरायलको कैसरिया सहरमा रहेको नेतन्याहुको घरलाई निशाना बनाएर दुई वटा फ्याश बम प्रहार गरिएको थियो । बगैँचामा गएर खसेको बताइएको छ ।
प्रहरीले शनिवार यसको जानकारी दिएको थियो । आक्रमणको समयमा घरमा नेतन्याहु र उनको परिवारको सदस्य कोही पनि नभएकोले कसैलाई पनि क्षति भएको खबर नआएको प्रहरीले एक विज्ञप्तिमा भनेको छ ।
यस घटनापछि रिसाएका इजरायली रक्षा मन्त्री इजरायल काट्जले सबै रातो घेरा पार गरेको भन्दै माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गरेका छन् । सुरक्षा र अन्य न्यायिक निकायहरूलाई आवश्यक कदम उठाउन काट्जले भनेका छन् । एक्समा एउटा पोस्टमा इजरायली राष्ट्रपति इसहाक हर्जोगले पनि यो घटनाको निन्दा गर्दै यसबारे छानबिन भइरहेको बताएका छन् । अक्टोबरमा पनि नेतन्याहुको घरलाई निशाना बनाएर ड्रोन हमला गरिएको थियो ।

