Thursday, July 23

बङ्गलादेशमा डुङ्गा दुर्घटना हुँदा २३ को मृत्यु

नेपाल अखबार, एजेन्सि। बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ।

Advertisement
सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन्।
यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिए।
दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताए। उद्धारकार्य जारी रहेको बताइएको छ। रासस/एएफपी

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *