Tuesday, July 28

त्रिशूलीमा ट्रक खस्यो, तीन जनाको उद्धार

नेपालअखबार,धादिङ। पृथ्वी राजमार्गअन्तर्गत् धादिङमा एउटा ट्रक त्रिशूली नदीमा खसेको छ।

Advertisement

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक मंगलबार रोराङ गाउँपालिका–१० खयरघारीमा बिहान ५:५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ।

Advertisement
Advertisement

दुर्घटना स्थलबाट तीन जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

नवलपरासी पश्चिमका २७ वर्षीय ट्रक चालक आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको हो।

ट्रक भने नदीमै रहेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले ट्रकमा रहेको सामान र ट्रक निकाल्ने प्रयास गरिरहेको प्रहरीले बताएको छ।

ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको र उद्धार गरिएकाहरूको अवस्था सामान्य रहेको र उपचारका लागि चितवन पठाइएको प्रहरीले बताएको छ।