Tuesday, July 28

रूसले गर्‍यो युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइल आक्रमण

नेपालअखबार,काठमाडौं । रूसले युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइलबाट आक्रमण गरेको छ । युक्रेनले रूसमा गरेको आक्रमणको दुई दिनपछि रूसले पनि पहिलोपटक युक्रेनमा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) आक्रमण गरेको हो ।

Advertisement

रूसले हजारौं किलोमिटरको हतियारसहित पहिलो पटक हमला गरेको युक्रेनको वायुसेनाले बिहीबार जानकारी दिएको छ ।

Advertisement
Advertisement

रूसले गरेको आक्रमणबाट १६ र १७ वर्षका युवासहित १५ जना घाइते भएका बीबीसीले जनाएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उनीहरूको स्वास्थ्य अवस्था बारे सूचना प्राप्त भइसकेको छैन ।

Advertisement

आईसीबीएमले ५ हजार ५०० किलोमिटरभन्दा बढीको दायरामा आक्रमण गर्न सक्छ । यो विशेषगरी आणविक हतियार प्रक्षेपण गर्न प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

युक्रेनले रूसमाथि बुधबार अमेरिकी र बेलायती मिसाइल स्टर्म शैडो क्रुजबाट आक्रमण गरेको थियो । एक रूसी सैनिकले अनलाइन दाबी गरे अनुसार कम्तिमा १२ वटा मिसाइल कुर्स्क क्षेत्रमा प्रहार गरिएको थियो।

रूसले गत महिना आफ्नो भूमिमा नेटो देशका हतियार प्रयोग भएमा तेस्रो विश्वयुद्धको सुरुवात मानिने बताएको थियो ।