Monday, August 17

गैँडाको आक्रमणबाट आलु रोप्न गएका वृद्धको मृत्यु

नेपालअखबार,नवलपरासी। पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

Advertisement

शनिबार बिहान ११:४० बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-६ भडारामा गैँडाको आक्रमणबाट ६५ वर्षीय नाथुराम थारूको मृत्यु भएको हो।

Advertisement
Advertisement

घरनजिकैको बारीमा आलु लगाउन गएका थारूमाथि अचानक गैँडाको आक्रमण गरेको थियो।

Advertisement

आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रवक्ता डिएसपी जेसी शाहले जानकारी दिए।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्लथ पुगेर अनुसन्धान गरिरहेको उनले बताए।