
नेपालअखबार,काठमाडौँ ।परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । मंसिर १३ देखि १५ गतेसम्म उनले चीन भ्रमण गर्ने मन्त्रिपरिषद् बैठकले सोमबार निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २१ गतेसम्म हुन लागेको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि राणा चीन जान लागेकी हुन् ।
परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीसँगै चीनमा रहने र सँगै फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

