Sunday, July 26

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका सार्वजनिक भएको छ।

Advertisement

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली मंसिर १७ देखि २० गतेसम्म औपचारिक भ्रमणका लागि चीनमा रहनेछन्।

Advertisement
Advertisement

चिनियाँ प्रधामन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई मंसिर १७ देखि २१ गतेसम्मको तालिका राखेर भ्रमणको निम्तो पठाएका थिए।

Advertisement

चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग दुई पक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका बेला प्रधानमन्त्री ओलीले पेकिङ युनिभर्सिटीमा सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीको श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, सांसदहरू र उच्च पदस्थ सरकारी अधिकारीहरू चीन जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

८७ सदस्यीय प्रधानमन्त्रीको भ्रमण टोलीमा ३२ जना सरकारी अधिकारी रहेका छन्।