Friday, July 10

नवीन सिग्देल नेपाली काँग्रेस कास्कीको प्रवक्तामा मनोनीत

नेपालअखबार,कास्की। नेपाली काँग्रेस कास्कीको प्रवक्तामा पार्टीका सहसचिव नवीन सिग्देल मनोनीत भएका छन्। कास्कीका सभापति किशोरदत्त बरालले बिहीबार सिग्देललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेका हुन्।

Advertisement

सिग्देलको नियुक्ति नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम गरिएको हो। नियुक्तिसँगै सभापति बरालले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउन सिग्देलबाट रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त गरेका छन्।सिग्देलले नेपाली काँग्रेस कास्कीको १४औं जिल्ला अधिवेशनबाट सहसचिव पदमा निर्वाचन जितेका थिए। उनले यसअघि १३औं अधिवेशनबाट जिल्ला सदस्यको रूपमा निर्वाचित भई ३ वर्षभन्दा बढी समय प्रवक्ताको भूमिका पनि निर्वाह गरेका थिए।

Advertisement
Advertisement

विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा थालेका सिग्देल नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापति र नेपाल प्रेस युनियन, कास्कीका निवर्तमान अध्यक्ष हुन्। उनले पत्रकारितामा पनि आफ्नो महत्वपूर्ण पहिचान बनाएका छन्। सिग्देल आदर्श समाज दैनिकका पूर्व कार्यकारी सम्पादकसमेत हुन्।

Advertisement

नव नियुक्त प्रवक्ता सिग्देलले देश र जनताको सेवा गर्दै निष्ठा, त्याग, आदर्श र सिद्धान्तलाई डगमगाउन नदिने प्रतिबद्धता जनाएका छन्।