Friday, July 10

सडक स्तरोन्नतिको काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर चार जना घाइते

नेपालअखबार,जाजरकोट । जाजरकोटमा सडक स्तरोन्नतिको काम गरिरहेका चार जना कामदार माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन्।

Advertisement

मध्यपहाडी लोकमार्गबाट जुनीचाँदे गाउँपालिका जोड्ने सडक स्तरोन्नति गर्ने क्रममा वडा नम्बर २ को देसीपाटा खण्डमा काम गरिरहेका कामदार माटोको ढिस्कोमा पुरिएका हुन्।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाका अनुसार शनिबार बिहान सडकको नाली बनाउनका लागि बालुवा निकाल्न लाग्दा माथिबाट माटोको ढिस्को खसेको हो।

Advertisement

ढिस्कोमा पुरिएर जुनीचाँदे गाउँपालिका–२ का ३२ वर्षीय रामबहादुर वड, २५ वर्षीया निर्मला शाही, २२ वर्षीया पुलमाया लुहार र ३५ वर्षीय नरबहादुर वड घाइते भएका हुन्।

घाइतेमध्ये तीन जना गम्भीर रहेको प्रहरीले जनाएको छ। उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेत एअरबेसबाट पठाउने तयारी भइरहेको जुनीचाँदे–२ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए।