Saturday, May 23

सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बिहीबारको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ।

बिहीबार अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्नेछन्।

Advertisement

सचिव सोमप्रसाद पाण्डेयका अनुसार विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ।

बुधबारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।