Saturday, July 4

ट्रकले ठक्कर दिएको कारमा भेटियो १३० किलो गाँजा

नेपालअखबार,सिरहा। पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले १३० किलो गाँजा फेला पारेको छ।

Advertisement

सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो।

Advertisement
Advertisement

प्रहरीले खोजतलासका  कारमा गाँजा फेला पारेको हो।

Advertisement

कारका चालक फरार छन् भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ।