Tuesday, July 28

६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना

नेपालअखबार,काठमाडौँ । कजाकिस्तानमा ६२ यात्रु र पाँच चालक दलका सदस्यहरू सवार जहाज दुर्घटनामा परेको छ।

Advertisement

अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज बुधबार एक्कासी दुर्घटनामा परेको बिबिसीले जनाएको छ।

Advertisement
Advertisement

दुर्घटनामा परेका २५ जनाको उद्धार भएको छ। २२ जनालाई अस्पताल लगिसकेको कजाकिस्तानको आपकालीन मन्त्रालयले जनाएको छ।

Advertisement

जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरण गर्नु परेको विभिन्न समाचार संस्थाहरूले जनाएको छन्।

विभिन्न समाचार संस्थाहरूले सार्वजनिक गरेको भिडिओमा विमान अवतरण गर्न रनवे छुनेबित्तिकै आगो लागेको र धुवाँको मुस्लो उडेको देखिन्छ। रूसी समाचार संस्थाहरूका अनुसार रूसतर्फ उडेको जहाज कुहिरोले गर्दा डाइभर्ट भएको थियो।