Thursday, October 30

गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु

नेपालअखबार ,बुटवल ।  गुल्मीको सत्यवती गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गएराति भएको दुर्घटनामा अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

रिडीबाट पूर्तिघाट तर्फ जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिका – २ को पाहादीस्थित कालिगण्डकी करिडोरमा दुर्घटना हुँदा टिपर चालक पाल्पाको रैनादेवि छहरा गाउँपालिका – १  निवासी २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परि सल्यानको वनगाउँ–७ बस्ने २३ वर्षका मोहन जैसी  घाइते भएका छन् ।