Monday, July 27

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितिको १३ औं साधारण सभा सम्पन्न

नेपालअखबार,पोखरा । नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितीको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले समितिका उपाध्यक्ष सु.शेर बहादुर गुरुङलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ ।

Advertisement

साधारण सभाको उद्घाटन गर्दै संस्थाका संरक्षक याम बहादुर गुरुङले ब्यवसायीहरुले संस्थाको हित हुने गरी ब्यवसायलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए । संस्थाले ब्यवसायीहरुलाई हित हुने काम गर्ने भएकाले ब्यवस्थित र मर्यादित ढंगले ब्यवसायीहरु अगाडी वढे संस्था मजबुद हुने उनको भनाइ रहेको थियो । ब्यवसायीहरु पूर्वाग्रही नभइकन एक अर्काबीच सहकार्य गरेर समेत अगाडी वढ्नुपर्नेमा गुरुङले जोड दिए ।

Advertisement
Advertisement

त्यस्तै संस्थाका संरक्षक तथा निवर्तमान अध्यक्ष मिन बहादुर गुरुङले संस्था र संगठन बलियो बनाउनका लागि संस्थाको गतिबिधी र सदस्यहरुको भुमिका महत्वपूर्ण रहने बताए । संस्थामा आवद्ध सदस्यहरुले समयअनुसार आफुहरुलाई परिमार्जित गर्दै लैजान आवश्यक रहेको वताउदै गुरुङले संस्थाको हक हितको लागि ब्यवसायीहरुको भूमिका महत्वपूर्ण रहने र सवै मिलेर संस्थालाई मजबुद बनाउन सकिने समेत बताए ।

Advertisement

साधारण सभामा कोशी प्रदेश समितिका कोषाध्यक्ष सन्तोष राई, बागमती प्रदेश समितिका सचिव नविन गुरुङ, प्रदेश समिति गण्डकीका अध्यक्ष सु.मे. जित बहादुर गुरुङ, संंघिय समिति पोखराका कोषाध्यक्ष सु. केहर सिंह गुरुङ, संघिय समिति पोखराका कोषाध्यक्ष सु. केहर सिंह गुरुङ, संघिय समिति पोखराका महासचिव हिमालय बिक्रम लिम्बुले महासचिवको सांगठनिक प्रतिवेदन पेश गरेका थिएभने सभामा उपस्थित सदस्यहरुले प्रतिवेदन पास गरेका थिए ।

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितीका अध्यक्ष गोपाल राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश समितिका अध्यक्ष जित बहादुर गुरुङ, बागमती प्रदेशका उपाध्यक्ष धु्रव अधिकारी, कोशी प्रदेशका उपाध्यक्ष गणेश चौहान लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष सु. शेर बहादुर गुुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन महासचिव हिमालय बिक्रम लिम्बुले गरेका थिए ।