Monday, July 6

ग्यास चुहिएर घरमा आगलागी

नेपालअखबार, पर्वत। पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको घटनास्थलमा मृत्यु भएको छ।

Advertisement

तल्लो रोहोटेका ध्रुरव रेग्मीको घरमा आइतबार बिहान ग्यास चुहिएर आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो।

Advertisement
Advertisement

मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा पुगेकी थिइन्।

Advertisement

घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए।

उनकाअनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ। आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए।

मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ।