Sunday, July 26

काठमाडौंको न्यूनतम तापक्रम बढ्यो

नेपालअखबार,काठमाडौं । शुक्रबारको तुलनामा शनिबार काठमाडौंको न्यूनतम तापक्रम बढेको छ।

Advertisement

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको थियो।

Advertisement
Advertisement

शुक्रबारको तुलनामा शनिबार न्यूनतम तापक्रम केही बढेको हो।

Advertisement

बिहानपख आकाश बादलले ढाकिँदा न्यूनतम तापक्रम बढ्ने मौमसविदहरूले बताएका छन्।

काठमाडौंको अधिकतम तापक्रम १७  देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।

एक सातामा कति घटबढ भयो?

गत शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि आइतबार ७.२, सोमबार ८.१ र मंगलबार ७ र बुधबार ६.३ डिग्री, बिहीबार ४.५ र शुक्रबार ४.६ डिग्री सेल्सियस मापन भएको थियो।