Monday, April 20

मन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् ।
पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श थालेका हुन् । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् ।
स्थायी कमिटी बैठकका बहुमत सदस्यहरूले राजीनामा मागे पछि प्रधानमन्त्री ओली संकटमा परेका छन् ।
उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *