Monday, August 3

सेन्टर कास्कीमा बराल

नेपालअखबार,पोखरा । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको  शनिबार पोखरामा सम्पन्न  छैठौं अधिवेशनबाट  दीननाथ बराल अध्यक्षमा चुनिनु भएको छ ।  बरालको नेतृत्वमा आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएको छ ।
यस्तै उपाध्यक्ष (खुल्ला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) शोभा बराल सचिवमा लिलाचन्द्र अधिकारी(सरोज), सहसचिवमा अर्जुन हिताङ, प्रतिमा अधिकारी, कोषाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल रहनु भएको छ भने अन्य सदस्यहरुमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी,सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोख्रेल, कविता घर्तीमगर र प्रकाश बराल चयन हुनु भएको हो । उक्त कार्यसमितिमा २ जना सदस्य पुनः थप गर्न सकिने निवर्तमान अध्यक्ष कृष्ण दवाडीले बताउनु भयो ।
त्यसै गरी केन्द्रिय परिषद सदस्यमा कृष्ण दवाडी, सिद्धान्त शाही (रणबहादुर),पदम रेग्मी, नारायण शाही ठकुरी, सन्तोष नेपाली र श्यामसुन्दर पराजुली(राज) चयन हुनु भएको छ ।
त्यस्तै प्रदेश परिषद सदस्यमा श्रीभद्र पौडेल, शुरेसराज अधिकारी, हेमराज अधिकारी, फडिन्द्र अधिकारी, राम्जी प्रसाद आचार्य, मिनाकुमारी थापा, सन्देस श्रेष्ठ, रबिनाथ दाहाल, लक्ष्मी सुनार, राजकुमार घिमिरे, चिरन्जिवी पौडेल (उत्तम),सविना राना, लिलानाथ आचार्य, कृष्णमाया पोखरेल (शान्ति) चयन हुनु भएको निर्वाचन कमिटि संयोजक विश्वप्रकाश लामिछानेले बताउनु भयो ।

Advertisement
Advertisement

Advertisement