Monday, April 20

गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा बुधबार २८ नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको कुल संख्या ९९४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहूँमा १ जना गरि कुल २८ नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितमध्ये नवलपुरको बुलिङटारमा २ पुरुष, गैंडाकोट ८ पुरुष र २ महिला गरी १२ संक्रमित थपिएका छन् । यसैगरि, गोरखामा थपिएका संक्रमित शहिद लखनमा ३० वर्षीया महिला, बारपक सुलिकोटमा २ पुरुष गरी ३ जना । कास्कीको पोखरा महानगरपालिकामा १ पुरुष । स्याङ्जा वालिङमा एक पुरुष र एक महिला, पुतलीबजारमा एक पुरुष, भीरकोटमा ४ पुरुष एक महिला गरि ८ जना संक्रमित थपिएका छन् ।
बागलुङको काठेखोलामा एक महिला र बडिगाडमा २ महिला गरि ३ जना र तनहूँको शुक्लागण्डकीमा एक महिला संक्रमित थपिएका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *